मंगलवार, बैशाख ९,२०८२ 05:18:06
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 05:18:06
IME remit
Global IME Bank Limited

साहस उर्जाको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
साहस उर्जाको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । साहस उर्जा जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनी मध्ये एक हो । यो कम्पनीको स्थापना जलविद्युत क्षेत्रका उद्यमशिल व्यक्तिहरुद्वारा विसं २०७१ मा स्थापना भएको हो ।  

कम्पनीले नेपालको उच्च स्थानमा रन अफ् द रिभर प्रोजेक्टमा आधारित रहेको छ । कम्पनीले सोलुखोलामा ८६ मेगावटको जलविद्युत उत्पादन गरिरहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको जेगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको कुल पूँजी ६ अर्ब ६ करोड रुपैयाँ र खूद मुनाफा ४१ करोड ६० लाख ४२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.८९ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १७३ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ६.८६ प्रतिशत रहेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताहरुको सेन्टिमेन्ट सामान्य अवस्थामा रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ६९४ रुपैयाँ र न्यून मूल्य ४०८ रुपैयाँ रहेको छ । नेप्सेमा आज यो कम्पनीको सेयर भाउ ६२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीमा ७० प्रतिशत सेयर स्वामित्व संस्थापक र ३० प्रतिशत सर्वसाधारण समूहको रहेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डमा चलेको छ । आजको कारोबारमा यस कम्पनीको सेयर भाउमा बुलिस इन्गलफिङ प्याट्रन बनेको छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । तर आज फिक्का बनेको छ । आरएसआई हाल ४९ को तहमा चलेको छ । समग्रम ३ वटै इन्डिकेटरबाट नियाल्दा करिब–करिब अप ट्रेन्ड लिँदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ८११

प्रतिरोध २ – ७६३

प्रतिरोध १–  ६८५

पिभट प्वइन्टः ६४२

घटेमा सपोर्ट  

सपोर्ट १– ५५९

सपोर्ट २– ५१६

सपोर्ट  ३ – ४३३

निष्कर्षः साहस उर्जा आधारभूत रुपमा बलियो नै रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा  कम्पनीको प्रतिसेयर आम्दानी २०८ प्रतिशत र बुक भ्यालु १८८ प्रतिशत बढेको छ । कम्पनीको खुद मुनाफा र जगेडामा पनि बढोत्तरी आएको छ । यस हिसाबले आधारभूत रुपमा कम्पनी बलियो र राम्रो देखिन्छ । प्राविधिक रुपमा यस कम्पनीको सेयर भाउमा आज बुलिस इन्गल्फिङ बनेको छ भने लगानीकर्ताहरुको सेन्मिेन्ट भने न्यूट्रल सेन्टिमेन्टमा चलेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.