बिहीबार, श्रावण १४,२०८३ 03:31:15
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:31:15
Bizshala
Global IME Bank Limited

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय
New Office

काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । 

सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

योजना व्यवस्थापक सानिमा क्यापिटलले यी ३ वटै योजनाका  लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २५ गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

क्यापिटलले सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । यी सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.