आईतवार, असार १५,२०८२ 10:24:14
  • आईतवार, असार १५,२०८२ 10:24:14
Global IME Bank Limited

केईको इभीमा ग्राहकको आकर्षण, कुन मोडलको मूल्य कति ?

Hyundai Nepal
केईको इभीमा ग्राहकको आकर्षण, कुन मोडलको मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले 'नाडा अटो शो २०२४' मा सार्वजनिक गरेको केइको ३ वटा मोडलप्रति अटोप्रेमीको आकर्षण बढेको देखिएको छ ।  

नाडामा रहेको कम्पनीको स्टल नम्बर एच १६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती तीन मोडल लञ्च गरेका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभी X3 Pro EV रहेका छन्।

E-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जसमा २०० किलोमिटर रेञ्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किलोमिटर रेञ्ज दिने भेरिएन्टको मूल्य २२ लाख ९६ हजार तोकिएको छ ।  

E-Qute 02  मा २८.०८ किलोवाट क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी E-Qute 04, ३०० किमी रेञ्जको मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी, तेस्रो मोडल X3 Pro EV  इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

कम्पनीले नाडामा स्पेशल अफर दिंदै केइ गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जर, साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि उपलब्ध गराएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.