मंगलवार, आश्विन १,२०८१ 12:56:09
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 12:56:09
IME remit
Global IME Bank Limited

नेपालमा विद्युतीय सामाग्रीसम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी हुँदै

Hyundai Nepal
नेपालमा विद्युतीय सामाग्रीसम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी हुँदै
Nabil Bank Limited

काठमाण्डौ । मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिको सयुक्त आयोजनामा नेपालमा विद्युतीय सामाग्रीको अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।  

काठमाण्डौको भृकुटीमण्डपमा भदौ २१ देखि २३ गतेसम्म ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस’ अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको हो ।  उक्त कार्यक्रमको उद्घाटन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि दिपक खड्काले भदौ २१ गते बिहान ११ बजे गर्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

तेस्रो पटक आयोजना हुन गइरहेकोे यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुरÞ्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुन लागेको हो।

यस्तै विद्युतीय उपकरणहरुलाई  प्रबद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।  

प्रदर्शनीमा दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनिका विद्युतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने छन् । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X