बुधबार, माघ २३,२०८१ 06:47:51
IME remit
  • बुधबार, माघ २३,२०८१ 06:47:51
IME remit
Global IME Bank Limited

मन्त्रालय र सहकारी पीडितहरुबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

Hyundai Nepal
मन्त्रालय र सहकारी पीडितहरुबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
Nabil Bank Limited

काठमाण्डौ । सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।  

भूमिब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो  । सहमतिभएसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

सहमतिभएसँगै सहकारी बिभागका उप–रजिष्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी बिभागबाट शाखाअधिकृत तहको सदस्य–सचिव र प्रदेश र स्थानीय तहबाट एक÷एक जना प्रतिनिधित्व रहने गरी कार्यदल गठन भएको छ ।  

छलफल कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, पुर्व आइजिपि एवं सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सल्लाहकार सर्वेन्द्र खनाल, सहकारी बिभागका रजिष्ट्रार पिताम्वर घिमिरे, सह–सचिवमदन कोइराला, बचतकर्ताका संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुस लभ केसीलगायतको सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिसँगै अनसनमा बसेको सहकारी पीडितहरुलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, सहकारी बिभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन स्थगित गराएका थिए ।  

समस्यामा परेका सहकारी बचतकर्ताहरुको बचत फिर्ता र क्रण असुलीलगायतका बिषयहरुको पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषणलगायतका कार्यमा निरन्तर सहयोग गर्नका लागि कार्यदल बनाउने सहमति भएको छ ।

कार्यदलले समस्याउन्मुख सहकारी संघसंस्थाको निरिक्षण अनुगमन गरी एकिकृत र खण्डीकृत सबै विवरण/तथ्याङ्क संकलन गरी विभागमा पेश गर्ने, तथ्यांक विश्लेषण गरी त्यस उपरको रायसहितको प्रतिवेदन बिभागमा पेश गर्ने, समितिले निरिक्षण/अनुगमन गरेका सहकारी संघ संस्थाहरुको वित्तीय विश्लेषण गरी राम्रोसँग चलेका, समस्याउन्मुख र गम्भिर समस्यामा परेका सहकारीहरुको वर्गिकरण गरी आफनो राय सहित आवश्यक कारवाहीका लागि बिभाग समक्ष पेश गर्ने, समितिले सहकारी संस्थाहरु र बचत रकम फिर्ता माग गरिरहेका बचतकर्ताबीच आवश्यक छलफल समेत गराई सहजिकरण गर्ने, यस भन्दा अघि मन्त्रालय र अभियानबीच मिति २०८० साल चैत्र ६ र ८ गते भएका सहमतिहरु कार्यान्वयन गर्ने र समस्याग्रस्त घोषणा भएका सहकारी संस्था र यस सम्वद्ध सम्पत्ती रोक्का गर्ने कार्यलाई थप प्रभावकारी बनाउने कुरा कार्यपत्रमा उल्लेख गरिएको छ । 

सहमतिको पालना गरी सहकारी क्षेत्रको बिकृती हटाउन दुवै पक्ष सहमत देखिएका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.