IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 02:50:19
IME remit
Global IME Bank Limited

आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँड, १७.५० लाख कित्ता अवितरित

Hyundai Nepal
आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँड, १७.५० लाख कित्ता अवितरित
Shivam Cement

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ ३० गते गरेको हो ।  

उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कम्पनीले गत असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता (१ः१५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीले जनाएको छ । यस हिसाबले कम्पनीको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आफ्नो कायम हक भन्दा बढी सेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर वापतको रकम असोज ४ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएकोले कम्पनीले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.