बिहीबार, आश्विन ८,२०८३ 02:29:29
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 02:29:29
Bizshala
Global IME Bank Limited

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको खबर अपरिपक्व र अनुमानमा आधारितः एनसेल

Bizshala
इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको खबर अपरिपक्व र अनुमानमा आधारितः एनसेल
New Office

काठमाण्डौ । एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको एनसेलले जनाएको छ । एनसेलले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसंग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा हामी विश्वस्त छौं,’ विज्ञप्तीमा भनिएको छ ।  

विकसित  घटनाक्रम अनुसार आवश्यक समयमा  उपयुक्त जानकारीहरु प्रदान गर्ने एनसेलले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.