शुक्रबार, असार १२,२०८३ 05:09:51
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:09:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोयल ट्युलिपले १८० करोड रुपैयाँमा बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

Laxmi Sunrise Bank Limited
रोयल ट्युलिपले १८० करोड रुपैयाँमा बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

काठमाण्डौ । लूव्र होटल्स ग्रुपले काठमाण्डौको बुढानिलकण्ठमा पहिलो रिसार्ट स्थापना गरेर काठमाण्डौमा आफ्नो डेब्यु गर्ने भएको छ । क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको यो परियोजना दक्षिण एशियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ। यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने विश्वास कम्पनीले लिएको छ ।  

यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर, र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह–संस्थापक आशिष ढकालले गरेका छन्।दुबैजनाले रोयल यल ट्युलिप जस्तो प्रतिष्ठित ब्रान्डलाई नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । जसले यस क्षेत्रमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने जनाइएको छ।बुढानिलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ३० मिनेटको ड्राइभमा रहेको शान्तिपूर्ण विश्रामस्थलको रूपमा प्रस्तुत हुनेछ।

New Office
CG Motors
Garima Development Bank

२६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ विस्तारित कोठाहरू, आधुनिक सुविधाहरू र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ। पाहुनाहरूलाई ५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्व स्तरीय स्पा, स्टीम रूम, निजी जकुजी, रअन्य वेलनेस सुविधाहरू उपलब्ध हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१८० करोड नेपाली रुपैयाँ लगानीमा  निर्माण हुन लागेको यो रिसोर्टले बुढानिलकण्ठको शान्त वातावरणसँग लक्जरीलाई समायोजन गरी पाहुनाहरूका लागि एक आरामदायी र विलासी अनुभव सिर्जना गर्ने कम्पनीले जनाएको छ । । रोयल ट्युलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँदिल्लीमा सम्पन्न हुनेछ ।  

क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ आम सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ ।  

यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न गरिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.