बुधबार, असार १०,२०८३ 02:53:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:53:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी

Laxmi Sunrise Bank Limited
दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलिय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताएका छन् ।  

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार मन्त्री अधिकारीलाई बुझाएको ४ बुँदे ध्यानाकषर्ण पत्र बुझदै मन्त्री अधिकारीले उत्पीडित दलित समुदायको हकहित र पाउनु पर्ने अधिकार प्राप्तीका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

भूमि आयोगको गठन आदेशमै केन्द्रको भूमि आयोगमा एक जनादलित समुदायको प्रतिनिधित्व हुने उल्लेख गरेकाले दलितको प्रतिनिधित्व कानूनी रुपमै सुनिश्चित भएको मन्त्री अधिकारीको भनाई छ ।  

नेकपा एमालेका पोलितब्युरो सदस्यएवं मुक्ति समाज नेपालका इञ्चार्ज जितु गौतमले राज्यले भूमिहिन दलित  समुदायलाई सरकारले जग्गा उपलब्ध गराउनुपर्ने र उत्पिडित दलित समुदायका सबै भूमिहिन किसान, भूमिहिन सुकुम्बासीहरुलाई तत्काल जमिन उपलब्ध गराउन मन्त्री अधिकारीसँग आग्रह गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, मुक्ति समाजले मन्त्रालयले अति बिपन्न दलित समुदायलक्षित आर्थिक अवस्था  सुधार गर्ने गरी बिशेष कार्यक्रम सञ्चालन गर्न, दलित समुदायको परम्परागत पेशामा आधारित ब्यवसायमा संलग्न गराई ब्यवसायिक बनाउन र दिर्घकालिन जिविकोर्पाजनको ब्यवस्था  गर्ने गरी कार्यक्रम ल्याउन र भूमि ब्यवस्था मन्त्रालयले गठन गर्ने भूमि आयोगको पदाधिकारीमा र जिल्लास्तरमा समेत दलित समुदायको प्रतिनिधित्वको माग गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.