बिहीबार, आश्विन २९,२०८३ 02:32:50
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:32:50
Bizshala
Global IME Bank Limited

सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा

Bizshala
सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा
New Office

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता दिन ३ जना दाबेदार अर्थ मन्त्रालय पुगेका छन् । अन्तरवार्ता तथा व्यवसायिक प्रस्तुतीकरण दिने जानेमा कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं रहेका छन् ।  

यसअघि दुईपटक अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा अनुपस्थित रहेका ३ जनालाई पुनः सूचना निकालेर आज ८ बजे अर्थ मन्त्रालय बोलाइएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिले बोर्ड अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि २ जना मात्रै गएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो ।  

तर, प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो । 

जसअनुरुप पुनः सूचना जारी गरेर ३ जनालाई अन्तरवार्ताका लागि डाकिएको हो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.