शनिबार, असार २१,२०८२ 06:38:09
  • शनिबार, असार २१,२०८२ 06:38:09
Global IME Bank Limited

अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

Hyundai Nepal
अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण
Nabil Bank Limited

काठमाण्डौ । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाण्डौका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए ।  

केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको जनाएको छ । यो वर्ष सामुदायिक विद्यालयका १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक उपलब्ध गराइएको जालानले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८ औँ जन्म जयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।

केन्द्रले शिक्षा क्षेत्रका विभिन्न ९ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ । कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतान लगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.