बुधबार, भाद्र ३१,२०८३ 07:51:40
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 07:51:40
Bizshala
Global IME Bank Limited

मार्क जुकरबर्ग विश्वकै दोस्रो धनाढ्य बन्न सफल, कम्पनीको सेयरमूल्य रेकर्डतोड स्तरमा

मार्क जुकरबर्ग विश्वकै दोस्रो धनाढ्य बन्न सफल, कम्पनीको सेयरमूल्य रेकर्डतोड स्तरमा
New Office

काठमाण्डौ । फेसबुकको कम्पनी मेटाका सीईओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गले जेफ बेजोस र बर्नार्ड अर्नाल्डलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।

जुकरबर्गको सम्पत्ति २११ अर्ब डलर पुगेको छ । टेस्लाका सीईओ एलन मस्क भने २६३ अर्ब डलरका साथ धनाढ्यको सूचीको पहिलो स्थानमा छन् । यस्तै सूचीको तेस्रो स्थानमा जेफ बेजोस रहेका छन् । उनको कुल सम्पत्ति २०९ अर्ब डलर रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

एलभीएमएचका सीईओ अर्नाल्ड विश्वको चौथो धनी बनेका छन् । उनको सम्पत्ति १९३ अर्ब डलर रहेको छ ।  

सन् २०२४ मा मार्क जुकरबर्गको नेटवर्थ ७८.१ अर्ब डलरले बढेको छ । यसका साथै जुकरबर्ग २०० अर्ब डलरमा प्रवेश गरेका छन् । यो क्लबमा मस्क र बेजोस समेत छन् । सम्पत्तिमा आएको गिरावटका कारण यो क्लबबाट अर्नाल्ड भने बाहिरिएका छन् ।  

Muktinath Bikas Bank Limited

यो वर्ष मेटा कम्पनीको सेयरमूल्यमा ७२ प्रतिशतको बढोत्तरी आईसकेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५९५.९४ डलरको रेकर्डतोड स्तरमा पुगेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.