काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो ।
असोज १८ गते सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३०० को सर्वाधिक उचाईमा पुगेको थियो । त्यसपछि भने क्रमशः घटिरहेको छ ।
सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । जसअनुसार सोमबार प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य घटेर मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँमा सीमित बन्न पुगेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।