बुधबार, आश्विन ३०,२०८१ 06:16:01
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 06:16:01
IME remit
Global IME Bank Limited

मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव

Hyundai Nepal
मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव
Nabil Bank Limited

काठमाण्डौ । हिन्दु नेपालीहरुले यतिबेला दशैं मनाईरहेका छन् । बडादशैं भन्ने बित्तिकै हामी स–परिवार भेलाभई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय विताउने सम्झिन्छौं ।  

अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा अवश्य रहेको हुन्छ । जति–जतिउमेर ढल्किँदै गयो उति–उति दशैंमा रमाईलो लाग्ने पलहरु खल्लो हुँदै जान्छन् ।  

दशैंमा विशेषतःआफ्नो पुख्र्योैली घर गई परिवारसँग समय बिताउने वादशैं बिदामा नयाँ–नयाँ ठाउँहरुको अवलोकन गर्ने गरिन्छ । दशैंमा अलिक लामो समय बिदा हुने भएका कारण पनि मानिसहरुले दशैंकको अवसरमा विभिन्न योजना पनि बनाएका हुन्छन् । कसैले घुम्ने प्लान बनाएका हुन्छन् त कसैले भेटघाट कार्यक्रम बनाएका हुन्छन् ।  

हाल नेपालमा २० भन्दा बढी मर्चेन्ट बैंकरहरु सञ्चालनमा छन् । धितोपत्रको प्राथमिक निष्कासनकार्य प्रबन्धको जिम्मालिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्था नै मचेन्ट बैंकर हुन् ।  

Bizshala
Shivam Cement
CG Motors

धितोपत्र व्यवसायी (मचेन्ट बैंकर नियमावली), २०६४ बमोजिम अनुमति प्राप्त गरी धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्ध, प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा जस्ता सेवाहरु प्रदान गर्ने व्यवसायलाई मर्चेन्ट बैकिङ व्यवसाय भनिन्छ । मर्चेन्ट बैकिङ व्यवसाय गर्ने संस्थावा संस्थामा कार्यरत उच्च पदस्थ व्यक्तिलाई मर्चेन्ट बैंकर भनिन्छ ।  

मर्चेन्ट बैंकरहरुले २०८१ सालको दशैं आ–आफ्नै तरिकाले मनाउँदै छन् । कसलै परिवारलाई समय दिएर त कसैले घुमघाम गरि दशैं मनाउने योजना बनाउँदैन् । अन्य दिनमा काममा बढी केन्द्रीत हुँदा आफ्नो परिवारलाई समय दिन पाएका हुँदैनौ तर दशैंमा अलिक लामो समय बिदा हुने भएका कारण प्राय सबैले यो समयमा परिवारलाई नै समय दिन खोज्छन र चाहन्छन् पनि ।  

सिद्धार्थ क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख (सीईओ) सन्दिमकार्की पनि यसपालीको दशैं आफ्नो परिवारसँगै बसेर मनाउने योजनामा छन् । ‘सँधैजस्तै यसपालिको दशैं घरमै बसेर मनाउनेछु । मेरो स–परिवार काठमाण्डौंमै भएकाले दशैं काठमाण्डौंमै मनाउनेछु’ उनले भने, ‘परिवारसँगै कतै घुम्न जाने योजना त थियो तर अहिलेको अवस्थामा जताततै बाढी पहिरोको रिस्क छ, बाटोको अवस्था राम्रो छैन त्यसकारण यसपटक घरमै बसेर दशैं मनाइन्छ ।’

साथै दशैंबाट पाएको दक्षिणालाई बचतमा रुपान्तरण गर्न कार्कीले सुझाव दिएका छन् । ‘अहिलेको विषम् परिस्थितिमा तडकभडक नगरी आफ्नो परिवारसँगै बसेर मनाउनुहुन म सुझाव दिन्छु । धेरै फजुल खर्च नगरी रकम बचत गर्नतर्फ उन्मुख होऔं’ उनले भने, ‘साथै दशैंमा पाएको दक्षिणालाई फजुल खर्च नगरी बचत गरौं अर्थात् एसआइपी योजना वा म्युचुल फण्डमा लगानी गरौं । त्यसका लागि सिद्धार्थ क्यापिटलले विभिन्न योजना पनि ल्याएको छ ।’

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

साथै एनआइसी एशिया क्यापिटल लिमिटेडका सीओओ प्रज्ञ रत्नशाक्यले पनि यसपटकको दशैं आफ्नै परिवारसँग काठमाण्डौंमै मनाउने निधो गरेका छन् । ‘दशैं भन्ने बित्तिकै परिवारसँग समय बिताएर रमाइलो गर्ने पर्वको रुपमा मनाइन्छ, यसकारण यसपटकको दशैंमा पनि आमा, बुबा, श्रीमति र छोरालाई समय दिएर मनाउनेछु’ उनले भने, ‘दशैंमा घुम्न जाने त्यस्तो ठूलो योजना बनाएको छैन दशैंमा जति समय हुन्छ त्यति नै समय परिवारसँगै बसेर बिताउने योजना छ ।’

साथै यसपटकको दशैंमा धेरै खर्च गर्नुभन्दा लगानी गर्नतर्फ जोड दिनशाक्यले सुझाव दिएका छन् । ‘दशैं भन्ने बित्तिकै हामीमा धेरै खर्च गर्ने प्रवृत्ति छ । तडकभडक नगरी सामान्य रुपमा नै दशैं मनाएर बचत गर्न लाग्नुपर्छ’ उनले भने, ‘दशैंमा टिका लगाएर पाएको पैसा एसआइपी योजनाहरुमा लगानी गरे उचित हुन सक्छ ।’

एनआइसी एशिया क्यापिटलले त्यस्ता स–सानो रकम घरमै बसेर लगानीगर्न वातावरण सिर्जना गरेको शाक्य बताउँछन् । ‘एनआइसी एशिया क्यापिटलले यसपटकको दशैंमा थप प्रडक्टलाई डिजिटल वे मा ल्याउन खोजिरहेको छ’उनले भने, ‘यसकारण दशैंमा पाएका पैसालाई अन्यत्र खर्च नगरी डिजिटल माध्यमबाटै सेयरबजार अर्थात एसआइपीमा लगानी गरौं । यो सबै सुविधा एनआइसी एशिया क्यापिटलले दिन सक्छ ।’

त्यस्तै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका सीइओ बिजयलाल श्रेष्ठले पनि यसपटकको दशैंक काठमाण्डौमै मनाउँदैछन् । उनले २०८१ सालको दशैं आफ्नै परिवारलाई समय दिएर मनाउने योजना बनाएका छन् ।  

साथै दशैंबाट प्राप्त दक्षिणालाई लगानी गर्न उनले सुझाव दिएका छन् । ‘अहिले क्यापिटलहरुले स–सानो रकम समेत बचत वा लगानीका रुपमा प्रयोग गर्न सकिने सुविधा ल्याएको छ, त्यसकारण दशैंको टिका लगाएर जति दक्षिणा पाउनुहुन्छ त्यो रकम खर्च नगरी म्युचुअल फण्ड वा एसआइपी योजनामा लगानी गरौं’ उनले भने, ‘अझ दक्षिणा स्वरुप पाएको पैसा फण्डहरुको इकाईमा लगानी गर्न उचित हुन सक्छ । दोस्रो बजारमा सहजै फण्डका इकाई खरिद गर्न सकिन्छ त्यसैले म फण्डमा लगानी गर्न सुझाव दिन्छु ।  

साथै, उनले दशैंबाट पाएको रकम वा दक्षिणा कम्पनीको ‘शुभलक्ष्मी कोष’योजनामा लगानी गर्दा उचित हुने बताउँछन् ।  

यसका साथै, हिमालयन क्यापिटल लिमिटेडका सीइओ परमेश्वर पन्तपनि यसपटकको दशैंमा आफ्नै परिवारसँग बसेर मनाउने योजनामा छन् । उनले पनि दशैंमा फजुलखर्च कम गरी बचत गर्न सबैलाई सुझाव दिएका छन् भने टिका लगाएर पाएको दक्षिणा रकमलाई लगानीमा रुपान्तरण गनुपर्ने उनको मान्यता छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.