बिहीबार, बैशाख १०,२०८३ 08:49:43
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 08:49:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा: मन्त्री अधिकारी

Bizshala
गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा: मन्त्री अधिकारी
Shivam Cement

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् बैठकमा बिम्स्टेकमा सहभागी सबै सात सदस्य राष्ट्रहरू — बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटान र नेपाल — का प्रतिनिधिहरू बैठकमा सहभागी भएका थिए ।  

मन्त्री अधिकारीले बिम्स्टेकले सदस्य राष्ट्रहरूलाई गरिबी निवारणमा सहकार्य र सहयोग गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको बताए । नेपालले यस छलफलको माध्यमबाट सदस्य राष्ट्रहरूसँग गरिबी घटाउने संयुक्त प्रयासमा यस क्षेत्रमा संयुक्तर एकिकृत समाधान निकाल्नु पर्नेमा जोड दिनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाई छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपालको भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिव श्रीराम ठाकुरको नेतृत्वमा आयोजना गरिएको यस बैठकमा गरिबी निवारणका विभिन्न मुद्दाहरूमा विचार विमर्श गरिएको छ । बैठकले सदस्य राष्ट्रहरूबीच गरिबी घटाउने उपायहरू, सफलताहरू र चुनौतीहरूमा छलफल गरी अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको छ र आगामी सचिवस्तरिय र मन्त्रिस्तरिय बैठकको सम्बन्धमा सहमति जुटाउने काम सम्पन्न गरेको छ ।  

बैठकमा विभिन्न राष्ट्रहरूले आफ्नो गरिबी निवारणका रणनीतिहरू र उपलब्धिहरू प्रस्तुत गरेका थिए । नेपालले आफ्नो तर्फबाट पनि गरिबी निवारणसम्बन्धि आफ्नो रणनीति र चुनौतिहरुका साथै  कृषि र रोजगारी सिर्जनामा आधारित गरिबी निवारणका कार्यक्रमहरूबारे जानकारी गराएको सहसचिव श्रीराम ठाकुरले जानकारी दिए । त्यसैगरी, गरिबी निवारणका सन्दर्भमा नवीनतम रणनीतिहरू, साझेदारीका अवसरहरू र दीर्घकालीन समाधानहरूबारे सदस्य राष्ट्रहरुको एक ढिक्का भएको सहसचिव ठाकुरको भनाई छ ।  

CG Motors
Garima Development Bank
IME remit

बैठकमा सहभागी विज्ञहरूले आफ्नो–आफ्नो देशका गरिबी घटाउने प्रयासहरूको समीक्षा गर्दै भविष्यका रणनीतिहरूको खाका तयार गरको मन्त्रालयले जनाएको छ ।  

यस बैठकबाट आउने निष्कर्षहरू र सुझावहरूले बिम्स्टेक क्षेत्रीय सहयोगमार्फत गरिबी निवारणका थप प्रभावकारी उपायहरू लागू गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.