IME remit
  • शुक्रबार, कार्तिक १४,२०८२ 10:51:27
IME remit
Global IME Bank Limited

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न अल्टिमेटम

Hyundai Nepal
समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न अल्टिमेटम
Shivam Cement

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीबाट ऋण लिएकालाई एक साताभित्र ऋण तिर्न समयसिमा तोकेको छ । समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको हो ।

ऋणी र जमानतकर्तालाई अन्तिमपटक ऋण तिर्न ७ दिनको समय दिइएको उक्त समयभित्र चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी समितिले दिएको छ ।

समितिले स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था र ओरेन्टल कोअपरेटिभबाट ऋण लिएका ऋणीहरुलाई ऋण तिर्न भनेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाईकन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ७ दिनभित्र ऋण तिर्ने समय दिइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सूचनामा रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क( (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको जनाइएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.