आईतवार, आश्विन ४,२०८३ 05:14:02
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 05:14:02
Bizshala
Global IME Bank Limited

भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता
New Office

काठमाण्डो । नेपालका लागि सुजुकी दुई पाङ्गे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भिजि अटोमोबाईल्स प्रालिले एमएडब्लू हायर पर्चेज प्रालिसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भि.जि सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटहरू मार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने भएको छ । साथै, यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने लक्ष्य लिएकोकुरा कम्पनीले जनाएको छ ।  

यो सम्झौताको माध्यमबाट ग्राहकहरूले छिटो र छरितो सेवाको साथ २४ महिनासम्म को किस्ताबन्दिमा सुविधाजनक विकल्पहरू मार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रुपमा फाइनान्सिङ सुविधाहरूको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

‘यो सम्झौताले नयाँ सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकहरुलाई बिना झन्झट, एकै ठाँउबाट सरल र सुलभ फाइनान्स सुविधा प्रदान गर्ने भिजि अटोमोबाईल्स प्रालिका महाप्रबन्धक धिरज भट्टराईले बताए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.