बुधबार, असार १८,२०८२ 11:21:58
  • बुधबार, असार १८,२०८२ 11:21:58
Global IME Bank Limited

हिमालयन डिस्टीलरीको व्यापार बढ्दा नाफामा उछाल, इपीएस ७२% ले बढ्यो

Hyundai Nepal
हिमालयन डिस्टीलरीको व्यापार बढ्दा नाफामा उछाल, इपीएस ७२% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिस्टीलरीले खूद नाफालाई उछालको गतिमा बढाएको छ ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खूद नाफामा निकै फराकिलो बढोत्तरी देखिएको हो ।  

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाखमा सीमित खूद नाफा ह्वात्तै बढेर यो वर्ष १९ करोड ८८ लाखको उचाईमा पुगेको हो । यसरी हेर्दा कम्पनीको खूद नाफा अघिल्लो वर्षको समानान्तर समीक्षा अवधिको तुलनामा ८९ प्रतिशतले बढेको देखिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आर्थिक मन्दी तथा व्यापारमा सुस्तताका कारण अघिल्लो वर्षमा घटेको कम्पनीको व्यापार तथा त्यसबाट हुने आम्दानीमा समेत निकै राम्रो सुधार देखिएको छ । जसको फलस्वरुप अघिल्लो वर्षको पहिलो त्रैमासमा ९७ करोड १८ लाखमा सीमित आम्दानी बढेर चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४८ करोडको उचाईमा पुगेको छ । यो भनेको करिब ५३ प्रतिशतको बढोत्तरी हो ।  

कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब १७९ प्रतिशतले बढेर १ करोड ७२ लाख पुगेको छ ।  

हाल २ अर्ब ६७ करोड २५ लाख चुक्तापूँजी रहेको कम्पनीको अन्य आम्दानीमा पनि करिब २०० प्रतिशतको वृद्धि देखिएको छ। 

बिक्री तथा वितरण खर्च गत वर्षको तुलनामा ३ प्रतिशतभन्दा बढी तथा प्रशासनिक खर्च २६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा पनि कम्पनीले नाफालाई बढाएको छ, जुन महत्वपूर्ण पक्ष हो ।  

कम्पनीको नाफा बढेसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७.३२ रुपैयाँमा सीमित इपीएस बढेर २९.७७ प्रतिशतको उचाईमा पुगेको हो । यो भनेको करिब ७२ प्रतिशतको बढोत्तरी हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.