बिहीबार, बैशाख १०,२०८३ 08:49:11
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 08:49:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सहकारी कर्जा सुचना केन्द्र र एसटीआई गठनको गृहकार्य पुरा: मन्त्री अधिकारी

Bizshala
सहकारी कर्जा सुचना केन्द्र र एसटीआई गठनको गृहकार्य पुरा: मन्त्री अधिकारी
Shivam Cement

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय गठनको गृहकार्य पुरा भएको बताए ।  

सोमवार मन्त्रालयमा नेपाल राष्ट बैंक, कर्जा सुचना केन्द्रका पदाधिकारी, निक्षेप तथा कर्जा सुरक्षण कोष, अर्थमन्त्रालयलगायत बिभिन्न मन्त्रालय र सरोकारवालाहरुबीच उक्त सहमति जुटेको हो । नेपाल राष्ट्र बैंकअन्तगर्तको कर्जा सूचना केन्द्रमा सहकारी क्षेत्रलाई समेत समावेश गर्ने गरी राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गर्ने सहमति भएको छ । छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र सहभागी थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संयुक्त बैठकमा बोल्दै मन्त्री अधिकारीले तीन तहकै सरकारका सहकारी सम्वद्ध निकाय, नेपाल राष्ट्र बैंक र यस क्षेत्रका सरोकारवालाहरुसँग गरिएको पटक पटकको छलफलबाट सहकारी क्षेत्रको सुधारका लागि कर्जा सुचना केन्द्र र एसटीआईको गठन अपरिहार्य रहेको बताए ।  

कर्जा सुचना केन्द्र र एसटीआई गठनले सहकारी क्षेत्रमासुधारको संकेत देखा पर्ने मन्त्रालयका सचिवअर्जुनप्रसाद पोख्रेलले बताए । सहकारी क्षेत्रका बिभिन्न निकायहरु थप्दै जादाँ एकै प्रकृतिका कार्य गर्ने संस्थाहरु मर्ज गरेर जान सकिने बिकल्प अघि सारे । सहकारी बिभाग, राष्ट्रिय सहकारी विकास बोर्डलगायतका संरचनाको पुनसंरचना आवश्यक रहेको औल्याए ।  

छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले सहकारीमाजम्मा गरेको बचत फिर्ताका लागि सरकारसंग मिलेर काम गर्न तयार रहेको बताए । सहकारी क्षेत्रको सुधार गर्न सके मात्र क, ख र ग बर्गका बाणिज्य बैंकहरु र समग्र बित्तिय क्षेत्रप्रति बिश्वास बढेर जाने उनको भनाई छ ।  

CG Motors
Garima Development Bank
IME remit

सहकारी नियमनतथा सुपरिवेक्षण निकाय(एसटीआई) गठन गर्न बिधेयक मस्यौदा गर्ने, एक अर्व भन्दा बढि रकमको कारोवार गर्ने बचत तथा क्रण सहकारी संस्थाहरुको नियमन र सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्ने, सहकारी बिभाग र सहकारी बोर्डलाई मर्ज गरेर प्राधिकरण गठन गर्ने, ५ लाखसम्मको सानाबचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक क्रण पत्र जारी गरि फिर्ता गर्ने कार्यमा राष्ट्र बैंकले समन्वय र सहजिकरण गर्ने, समस्याग्रस्त सहकारीको सम्पक्ती ब्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियालाई दुत्रगतिमा अगाडी बढाउने बिषयमा सबै पक्षबीच एकमत देखिएको छ ।  

छलफल कार्यक्रममा समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम, अर्थ मन्त्रालयका सह सचिव नारायण प्रसाद रिसाल, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, राष्ट्र बैंककाकार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, कर्जा सुचना केन्द्रका प्रवक्ता बिजय कुँवर, सहकारी बिभागका रजिष्ट्रार पिताम्वर बिभाग, सहकारी बोर्डका सदस्य सचिव खगराज शर्मा, निजि क्षेत्रका तर्फबाट राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवि मल्ल, नेफस्कुन अध्यक्ष चन्द्र ढकालललगायतले कर्जा सुचना केन्द्र र एसटीआई गठन र यसको संरचनाबारे टिप्पणी गरेका थिए।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.