मंगलवार, श्रावण १९,२०८३ 09:35:08
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:35:08
Bizshala
Global IME Bank Limited

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता
New Office

काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो ।  

भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १ लाख भन्दा कम बचत भएकाहरूको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको बताए । मन्त्री अधिकारीले माग दाबी गर्ने बचतकर्ताहरूको सङ्ख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताए ।  

यस्तै, उनले हालसम्म कुल ६ हजार १५५ जनाको पुरै चुक्ता भएको बताउँदै खातामा रकम पठाउने काम हुने समेत जानकारी दिए। ‘आज, भोली र पर्सी सम्म त्यो पठाउने काम हुन्छ । र, त्यो टोटल रकम १ अर्ब, ४८ करोड, ५१ लाख ३७ हजार ७१५ हुन आउँछ । यति हामीले वितरण गरेको अवस्था छ । यो चाहिँ पूरै चुक्ता भएको हो । यो एक लाख भन्दा मुनिको रकम पर्छ । अव धेरै भएको तर सबै दिने अवस्था नरहेको ४३८ जना हामीले बाँडेका छौँ । त्यो मध्ये ३ करोड १ लाख ९९ हजार १८४ रकम छ । यसरी टोटलमा अहिले केही राहत पाउने, केही पुरै चुक्ता हुने गरेर ६ हजार ५९३ सङ्ख्या भएको छ । र, १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम वितरण भएको अवस्था म यहाँहरूलाई जानकारी गराउन चाहन्छु, ’ उनले भने ।  

मागवादी गर्ने बचतकर्ता ६२ हजार ७६० रहेको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये ६५९३ जनाको बचत रकम फिर्ता गरिएको छ । बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यमाबाट फिर्ता गराइने पनि मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.