मंगलवार, भाद्र २४,२०८२ 03:11:41
  • मंगलवार, भाद्र २४,२०८२ 03:11:41
Global IME Bank Limited

रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी,बजार पूँजीकरण २० लाख करोड भारु

Hyundai Nepal
रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी,बजार पूँजीकरण २० लाख करोड भारु

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज को बजार पूँजीकरण २० लाख करोड भारु पुगेको छ । यससँगै कम्पनी भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  

रिलायन्स इन्डष्ट्रिज बजार पूँजीकरण २० लाख करोड भारु पुग्ने पहिलो भारतीय कम्पनी बनेको छ । सेयर बजारमा मंगलबार आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण वृद्धि २० लाख करोड भारु पुगेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको सेयरमूल्य २.९५८ प्रतिशतले वृद्धि भएको छ । यससँगै कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत साता कम्पनीको बजार पूँजीकरण १ लाख करोड भारुले बढेको थियो । गत जनवरी २९ मा कम्पनीको बजार पूँजीकरण १९ लाख करोढ भारु पुगेको थियो ।  

यसअघि कम्पनीले सन् २०२१ मा १५ लाख करोडको बजार पूँजीकरणको आँकडा पार गरेको थियो । सन् २०१९ मा कम्पनीको बजार पूँजीकरण १० लाख करोड भारु पुगेको थियो ।

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.