शुक्रबार, बैशाख ४,२०८३ 04:28:15
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:28:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वर्कशायर हाथवेको नगद ३ सय अर्ब डलर नाघ्यो, सेयर बाईब्याक शून्य

Bizshala
वर्कशायर हाथवेको नगद ३ सय अर्ब डलर नाघ्यो, सेयर बाईब्याक शून्य
Shivam Cement

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेटको कम्पनी,वर्कशायर हाथवेको नगद मौज्जात ३ सय अर्ब डलर नाघेको छ । बफेटले सेयर रि पर्चेजको योजनाबाट पछि हट्दै सेयर बिक्री बढाएसँगै वर्कशायरको नगदमा उल्लेख्य वृद्धि भएको हो ।  

कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको नगद ३२५.२ अर्ब डलर पुगेको छ । दोस्रो त्रैमाससम्म भने कम्पनीसँग २७६.९ अर्ब डलरबराबरको नगद थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले हालैमात्रै एप्पल र बैंक अफ अमेरिकाको ठूलो परिणाममा सेयर बिक्री गरेको थियो । कम्पनीले एप्पलको एक तिहाई हिस्सा बिक्री गरेको थियो । वर्काशायरले लगातार चौथो त्रैमासमा एप्पलमा सेयर बिक्री गरेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै कम्पनीले बैंक अफ अमेरिकाको १० अर्ब डलरभन्दा बढीको सेयर बिक्री गरेको थियो । सेलिङ मुडमा रहेका ९४ वर्षिय बफेटले बिक्री बढाएसँगै तेस्रो त्रैमासमा वर्कशायरले ३६.१ अर्ब डलरबराबरको सेयर बिक्री गरेको छ । यो अवधिमा कम्पनीले कुनै पनि कम्पनीको सेयर रि पर्चेज गरेको छेन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.