बुधबार, भाद्र २५,२०८२ 06:04:01
  • बुधबार, भाद्र २५,२०८२ 06:04:01
Global IME Bank Limited

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि

Hyundai Nepal
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । आज अमेरिकाको ३ वटै सेयर बजारमा हरियाली आएको छ ।  

आज डोउ फ्युचर्स २.९ प्रतिशत अर्थात १२ सय अंकले बढेको छ । यस्तै एस एण्ड पी५०० इन्डेक्स पनि २.३ प्रतिशतले उकालो लागेको छ । टेक कम्पनीहरुको कारोबार हुने नास्डकमा पनि १.८ प्रतिशतको वृद्धि देखिएको छ । चुनावी अभियानका बेला डिरेगुलेसन अन्य व्यवसायिक कानूनहरु परिवर्तन गर्ने घोषणा गरेकाले सेयर बजार बढ्ने अपेक्षाले अमेरिकी सेयर बजारमा सुधार देखिएको जनाइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपी ट्रम्पले कर कटौती गर्ने र सार्वजनिक खर्च वृद्धि गर्ने पक्षमा समेत वकालत गरेकाले यसले बजेट घाटा बढ्ने अनुमान गरिएको छ । यसले अमेरिकी ट्रेृजरी बोण्ड र यसको प्रतिफल डिभ्याल्युड हुने छ ।  

आज अमेरिकी १० वर्षे बोण्डको प्रतिफल पनि ४.४ प्रतिशतले बढेको छ ।  

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको खबर बाहिरिएसँगै ट्रम्पको कम्पनी ट्रम्प मिडिया टेक्नोलोजी ग्रुपो मूल्य ३० प्रतिशतले बढेको छ ।  

यस्तै अमेरिकी डलरको भाउ पनि १.७ प्रतिशतले बढेको छ । आज जापानको सेयर बजारमा समेत उछाल देखिएको छ । जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ पनि २.६१ प्रतिशत अर्थात १००५ अंकले बढेको छ । छिमेकी मूलुक भारतको सेयर बजार पनि अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणामबाट प्रभावित बनेको छ । भारतको सेन्सेक्स इन्डेक्स आज १.१३ प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.