सोमबार, फाल्गुन १२,२०८१ 04:12:41
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 04:12:41
IME remit
Global IME Bank Limited

कार्तिक २९ र ३० मा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सयभन्दा बढी स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने

Hyundai Nepal
कार्तिक २९ र ३० मा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सयभन्दा बढी स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
Nabil Bank Limited

काठमाण्डौ । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाण्डौमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाण्डौ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ ।  

आइसिटी अवार्ड २०२४ को प्रि–इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन । यसैगरी, आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्प्रधा गराउनेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको आयाजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रम मार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।  

प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डको रुपमा स्थापित आइसिटी अवार्डको प्रि इभेन्टको रुपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठूलो स्टार्टअप प्रवद्धनात्मक कार्यक्रमको रुपमा स्थापित भएको छ । यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजिकरण गरिने आयोजकले जानकारी दिएको छ ।  

दुई दिने प्रदर्शनीसँगै काठमाण्डौ बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ । किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआइटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन ।  

यि सबै कार्यक्रममा सहभागिताको लागि स्टार्टअपहरुले कुनै शुल्क तिर्नु पर्दैन । सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ ।  

आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन । अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोश्रो चरणको छनौट प्रकृया जारी छ । छनौट प्रकृयाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.