आईतवार, श्रावण ३१,२०८३ 05:46:54
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 05:46:54
Bizshala
Global IME Bank Limited

लुयानको विन्टर राइड अफर, यस्ता छन् उपहार र छुट

Prabhu Bank Limited
लुयानको विन्टर राइड अफर, यस्ता छन् उपहार र छुट
New Office

काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको विन्टर राइड अफर सञ्चालन भएको छ ।

लुयान विन्टर राइड अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने भएको छ । यो अफर कात्तिक २५ गतेदेखि मंसिर मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।

यसका साथै, कम्पनीले चालु आर्थिक वर्षको कर र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने जनाएको छ ।

यस्तै, कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोल वाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ ।

CG Motors

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २०% डाउन पेमेन्टमा अधिकतम २ वर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।

लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ ।

आइपी ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई वर्षायाममा चलाउन कुनै समस्या नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाण्डौ उपत्यकाभित्र मात्र ९ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.