बुधबार, भाद्र २५,२०८२ 07:20:55
  • बुधबार, भाद्र २५,२०८२ 07:20:55
Global IME Bank Limited

महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

Hyundai Nepal
महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

काठमाण्डौ । कमजोर घरेलु उपभोगका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित भएको छ । जसका कारण जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

२०२३ को अन्तिम तीन महिनामा कुल गार्हस्थ्य उत्पादन ०.४ प्रतिशत को वार्षिक गतिमा संकुचित भएको जापानको क्याबिनेट कार्यालयले जनाएको छ  । अघिल्लो त्रैमासमा पनि जापानको कुल ग्राहस्थ उत्पादनमा कमी आएको थियो । यदि लगातार दुई त्रैमाससम्म कुनै देशको अर्थतन्त्रमा संकुचन आउँछ भने त्यसलाई मन्दीको रूपमा परिभाषित गरिन्छ ।  

तथ्याङ्कका अन्सार जापानको अर्थतन्त्र अमेरिकी डलरको आधारमा गत वर्ष जर्मनी पछि विश्वको चौथो ठूलो थियो। अहिले जापानको अर्थतन्त्रमा आएको संकुचनका कारण जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।  

अर्थतन्त्रको आधा हिस्साको रुपमा रहेको जापानको निजी उपभोग ०.२ प्रतिथशतले घटेको छ । जापानी उपभोक्ताहरूले खाना, इन्धन र अन्य सामानहरूको लागि उच्च मूल्यहरूको सामना गरिरहेका कारण उपभोग खर्च घट्न पुगेको हो ।  

जापानले आफ्नो आधारभूत ऊर्जा आवश्यकताको ९४ प्रतिशत र खाद्यान्न आवश्यकताको ६३ प्रतिशत आयात गर्ने गर्र्छ ।  त्यसैले येनको मूल्य कमजोर बन्दा जीवनयापन महंगो भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.