शनिबार, श्रावण ३०,२०८३ 08:22:16
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:22:16
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुको नाफा ८६.३०% ले घट्यो, इपीएस कुनको कति ?

Prabhu Bank Limited
निर्जीवन बीमा कम्पनीहरुको नाफा ८६.३०% ले घट्यो, इपीएस कुनको कति ?
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको नाफा ८६.३० प्रतिशतले घट्न पुगेको छ । १४ निर्जीवन बीमकले चालु आवको पहिलो त्रैमाससम्म आर्जन गरेको खुद नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८६ प्रतिशतले घटेको देखिएको हो ।  

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिर्पोटअनुसार १४ निर्जीवन बीमकले कुल  १६ करोड ६५ लाख ८१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको यहि अवधिसम्म भने कम्पनीहरुले १ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए ।  

असोज मसान्तसम्ममा ४ वटा निर्जीवन बीमा कम्पनीले घाटा ब्यहोरेका छन् भने नाफामा रहेका १० कम्पनीमध्ये पनि ४ वटा कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । यसकारण समग्रमा निर्जीवन बीमा कम्पनीहरुको नाफा घटेको देखिएको हो ।  

CG Motors

गत असोज १० गतेदेखि १२ गतेसम्म आएको भीषण बाढीपहिरोका कारण ठूला–ठूला परियोजना तथा धनजनको क्षति भएको थियो । विशेषगरी निर्माणका कार्यहरु, हाइड्रो प्रोजेक्ट, घर तथा सवारी साधन जस्ता क्षेत्रमा उच्च क्षति पुगेको थियो । नेपाल बीमाा प्राधिकरणका अनुसार कात्तिक २८ गतेसम्ममा निर्जीवन बीमकहरुले ११ अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी भुक्तानी गरिसकेका छन् । जुन यो असोज महिनामा परेको दाबीको भुक्तानी भएकाले कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरणमा नाफा प्रभावित देखिएको हो ।  

समिक्षा अवधिसम्ममा सर्वाधिक राष्ट्रिय बीमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा १३।७४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिसम्म आरबीसीएलले १३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै शिखर इन्स्योरेन्सले ११ करोड ५२ लाख, नेको इन्स्योरेन्सले ७ करोड ४ लाख, हिमालयन एभरेष्टले ६ करोड ६१ लाख, सिद्धार्थ प्रिमियरले ६ करोड ४० लाख, आइजीआई प्रुडेन्सियलले ६ करोड १० लाख, प्रभुले ५ करोड ६० लाख, सानिमा जिआइसीले ५ करोड ८ लाख, एनएलजीले ४ करोड ८९ लाख रुपैयाँ र युनाइटेड अजोडले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यता उत्कृष्ट व्यवसाय गर्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सहित ४ वटा निर्जीवन बीमा कम्पनी भने घाटामा छन् । युनाइटेड अजोडले १ करोड ८१ लाख, सगरमाथा लुम्बिनीले ८ करोड ९५ लाख, नेशनलले १८ करोड ३ लाख र ओरियण्टलले २४ करोड ५१ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

गत आवको तुलनामा सर्वाधिक नाफा बढाउनेमा भने सानिमा जिआइसी रहेको छ । कम्पनीले ५०.६० प्रतिशतले नाफा बढाएको छ । यता सर्वाधिक नाफा घट्नेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा ९२.८८ प्रतिशतले घट्न पुगेको छ ।  

ईपीएस कुनको कति ?  

निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित देखिएसँगै यता प्रतिसेयर आम्दानी (इपीएस)पनि प्रभावित देखिएको छ । १४ मध्ये दुई कम्पनीको इपीएस ऋणात्मक अवस्थामा रहेको छ भने ४ कम्पनीको इपीएस घटेको छ ।  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नेहरुका लागि इपीएस सूचक महत्वपूर्ण हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सबैभन्दा बढी इपीएस राष्ट्रिय बीमा कम्पनीको ५८.७२ रुपैयाँ छ । कम्पनीको इपीएस गत आवको तुलनामा ७.०९ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, दोस्रोमा शिखरको १७.३६ रुपैयाँ र तेस्रोमा प्रभु इन्स्योरेन्सको १५.५४ रुपैयाँ छ ।  

यता नेको इन्स्योरेन्सको इपीएस १४.०१ रुपैयाँ हुँदा एनएलजीको इपीएस भने १२.७१ रुपैयाँ छ । साथै हिमालयन एभरेष्टको १०.५९ रुपैयाँ, सानिमा जिआइसीको १०.१७ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ९.१२ रुपैयाँ, आइजीआई प्रुडेन्सियलको ८.०६ रुपैयाँ, नेपाल इन्स्योरेन्सको २.५३ रुपैयाँ छ ।  

युनाइटेड अजोड र सलिकोको इपीएस भने ऋणात्मक छ । सगरमाथा लुम्बिनीको इपीएस १३.६५ रुपैयाँ र यु्नाइटेड अजोडको ३.४६ रुपैयाँ ऋणात्मक छ ।  

चारवटा कम्पनीको इपीएस गत आवको तुलनामा घटेको छ । सर्वाधिक नेपाल इन्स्योरेन्सको ३६.५९ रुपैयाँ घटेको छ भने सिद्धार्थ प्रिमियरको १०.५४ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.