काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।
संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा २८ लाख ८५ हजार ७९६.४४ कित्ता सेयर रहेको छ ।
संस्थाले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न नेप्सेसमक्ष अनुरोध गरेको थियो ।
नेप्सेले मंसिर ४ गतेको निर्णयानुसार कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरिएको जनाएको छ ।