बुधबार, माघ २३,२०८१ 02:26:22
IME remit
  • बुधबार, माघ २३,२०८१ 02:26:22
IME remit
Global IME Bank Limited

कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्

Hyundai Nepal
कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्
Nabil Bank Limited

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।

बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे ।

‘पूँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं ।’

Bizshala
CG Motors
Sagarmatha Cement

मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसे कम भार पर्ने गरी काम गरिएको बताए ।

 ‘पपुलिष्ट बन्न हैन, कम भार थपेर नागरिकलाई सजिलो पार्न निःशुल्क सेवा थपेका हौं’

‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’

 ‘१० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउनुस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे ।

‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’

Muktinath Bikas Bank Limited

‘साना अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं’

मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरुको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।

‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौं । वारि पनि पारी अस्पताल पनि हुनु भएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’

देशको आर्थिक अवस्था हेरेर धेरै दरबन्दी थप्न सकिने अवस्था नरहेकोतर्फ ध्यान दिन आग्रह गर्दै मन्त्री पौडेलले भने, थप गर्न नसकिने अवस्थामा न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गरौं । त्यस्तो अवस्थामा आवश्यक न्यूनतम जनशक्ति उपलब्ध हुनेछ ।

‘३ महिना बढी पालो पर्खनुपरेको गुनासो आएको छैन’

मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई भनेका छन् ।

अर्थ, कानून भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन, उनले भने, सरकारी कामको यो रवैया हुनु भएन ।

मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएको कुराले केही सुधार भैरहेको शंकेत गरेको पनि बताए ।

 ‘यो योजना पूरा गर्न काम चाहियो भनेर को आएको छ ?’

मन्त्री पौडेलले कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीसँग आग्रह गरे ।

यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ रु, मन्त्री पौडेलले भने, हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौं । कामका लागि आएका हौं भन्ने सोच्नुपर्छ ।

मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न आग्रह गरे ।

मन्त्री पौडेलले योजना योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्य योजना लिएर आउन आग्रह गरे । उनले विदेश भ्रमण जाने समयलाई ५ दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन पनि भने । ‘विदेश भ्रमण गए पछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला,’ मन्त्री पौडेलले भने । 

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.