काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ ।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी घिमिरेलाई सो जिम्मेवारी प्रदान गरेका हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी गत जेठ १७ गतेदेखि प्रवक्ताको भूमिकामा थिए ।