बुधबार, फाल्गुन २८,२०८१ 08:53:52
IME remit
  • बुधबार, फाल्गुन २८,२०८१ 08:53:52
IME remit
Global IME Bank Limited

भिजन सेक्युरिटिजको आयोजनामा धनगढीमा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न

Hyundai Nepal
भिजन सेक्युरिटिजको आयोजनामा धनगढीमा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(सेयर ब्रोकर न.३४) र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

भिजन सेक्युरिटिज् ले फागुन ५ गते शनिवारका दिन धनगढी कैलालीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्ने गरि सेयर बजार विज्ञ/विश्लेषक श्री सुवास चन्द्र भट्टराईलाई प्रशिक्षकको रुपमा धनगढी लगिएको छ । 

सोहि समयमा आजमिति फागुन ४ गते शुक्रवारका दिन प्रशिक्षक सुवास चन्द्र भट्टराईले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सोहि क्याम्पसको हलमा सेयर बजार सम्वन्धी प्रशिक्षण दिएका हुन् । उनले नव प्रवेशी लगानीकर्ताहरुले सेयर बजारमा अपनाउनु पर्ने सावधानीहरु, सेयर बजारको कारोबार प्रकृया, लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने विषयहरु आदि विषयहरु समावेश गरि विद्यार्थीहरुलाई प्रशिक्षित गरेका थिए ।

भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले कलेज स्तरवाट नै सेयर बजारको बारेमा जानकारी दिने उद्देश्यका साथ काठमाण्डौका केही कलेजहरुमा यस प्रकारको कार्यक्रम गरि सकिएको र यसलाई निरन्तरता दिईने बताए । सेयर बजार विज्ञ/विश्लेषक सुवास चन्द्र भट्टराई आफ्नो कलेजमा उपस्थित भई सेयर बजारको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षीत गरेकोमा कैलाली बहुमुखी क्याम्पसका उप–प्रमुख ठाकुर प्रसाद ढुंगेलले आयोजक भिजन सेक्युरिटिज् तथा प्रशिक्षक सुवास चन्द्र भट्टराईलाई धन्यवाद ज्ञापन गरे ।

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.