बुधबार, चैत्र २०,२०८१ 12:56:49
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:56:49
IME remit
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयराीमा रहेको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।  

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद सेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिनेछ ।  

संस्थापक शेयरधनीहरुले उक्त मिति भित्र आफ्नो हक प्रति थान रु. १०० का दरले हुन आउने एकमुष्ट रकम कम्पनीको खाता रहेको नेपाल एसबीआई बैंकमा जम्मा गर्नु पर्नेछ । यो हकप्रद खरिदका लागि मंसिर १४ गतेसम्म कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको गत मंसिर १४ गते सम्पन्न छैठौं बार्षिक साधारण सभाबाट १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।  

बुढानिलकण्ठ हेरिटेजले आफ्नो जारी पूँजीको १५ प्रतिशत अर्थात प्रतिसेयर अंकित मूल्य रु. १०० दरको १५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरिरहेको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  

विसं २०७५ सालमा प्रा।लि।को रुपमा दर्ता भई विसंं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड(केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका–१ मा रहेको छ । संस्थापकहरुको रु. ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी रु. १ अर्ब पुग्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्तरराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ ।  

आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.