विषयको गहिरो अध्ययन र जानकारी विना बैंकका कर्मचारी हिरासतमा लिनु दुःखद : सीबीफिन
TRENDING
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा...
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३८ रुपैयाँ र बिक्रीदर १३२.९८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित...
काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने बैंकले जनाएको छ ।
काठमाण्डौ । नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)देखि गृहमन्त्रालयका जिम्मेवारी अधिकारीहरुसम्मलाई बैंकिङ बुझाउँदा बुझाउँदै केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)को बुधबारको दिन बितेको छ । मंगलबार राजधानीको विभिन्न स्थानबाट धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ गरी कुल ३८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८० चैत २ गतेदेखि २०८१ चैत १...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गरी डिजिटल बैंकिङ÷इन्फरमेसन टेक्नोलोजी विभाग(अफिसर तथा असिस्टेन्ट तह)र जनरल बैंकिङ विभाग(अफिसर)का लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १६ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । देउराली सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केही बैंकरहरुलाई पक्राउ गरेपछि देशभरका बैंकर आतङ्कित भएका छन् । सहकारीमार्फत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा हाल प्रभू बैंकमा बिलय भएको सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुल्सी गौतम र मनोज न्यौपाने लगायत १० बैंकरलाई सीआइबीले...
काठमाण्डौ । प्रभू बैंकमा बिलय भएको सेञ्चुरी कमर्सियल बैंकका २ पूर्व सीइओसहितका १० जना बैंकरलाई पक्राउ गरिएको विषयमा प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केन्द्रीय बैंकसँग कुनै समन्वय नगरेको पाइएको छ । बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकका दुई उच्च अधिकारीले यस्तो खुलासा गरेका हुन् । सीआइबीले संकटग्रस्त देउराली सहकारी संस्थालाई कमसल धितो राखेर बढी कर्जा...
काठमाण्डौ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड(सातदोबाटो, ललितपुर)लाई धितोको मूल्याङ्कन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका २ उच्चपदस्थ अधिकारीसहित १० जनालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनबाट फागुन १५ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका...
काठमाण्डौ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरु समेत पक्राउ पर्ने सम्भावना बढेको छ । नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोका एक अधिकारीका अनुसार तत्कालीन समयका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ कर्मचारीहरुले चाहेर मात्रै २ अर्ब ११ करोड बढी कर्जा अनियमित ढंगले प्रवाह गर्ने काम नभएको पाइएको हो ।
काठमाण्डौ । देशको बैंकिङ क्षेत्रका बारेमा भईरहेको विभिन्न टिकाटिप्पणीका बीच आज प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ परेका छन् । मनोज न्यौपाने पनि तत्कालिन सेञ्चुरी बैंकको सीईओ रहिसकेका व्यक्ति हुन् । सेञ्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीले न्यौपानेका साथै तत्कालिन सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा गिरावट आएको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी सात वटै प्रदेश र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातवटै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर,असिस्टेन्ट रिलेसन म्यानेजर,सर्भिस म्यानेजर र कन्ट्राक्युचल स्टाफ माग गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुको वित्तीय जोखिम न्यूुनिकरण गर्त र साना ग्राहकको हकहित संरक्षणका लागि विभिन्न व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्रै लघु कर्जाको व्यवस्था गरेको छ । यो...
काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रेसिडेन्ट सुनिल केसीले मनिटरी साइड निकै बलियो भए पनि सरकारको बजेट नीति तथा कार्यान्वयनको अवस्था कमजोर हुँदा अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सही मौद्रिक नीतिकै कारण अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुखद रहेको भए पनि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.