नेपाल बैंकका सेयरधनीले यस वर्षपनि लाभांश नपाउने
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुले यसवर्ष पनि लाभांश नपाउने भएका छन् । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुले यसवर्ष पनि लाभांश नपाउने भएका छन् । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...
काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पुरानो स्वास्थ्य समस्यालाई देखाएर अस्पतालको बसाई लम्ब्याउनतर्फ लागेका देखिएको छ । उनी धेरै समयअघिदेखि नशाको समस्याका कारण प्रताडित थिए । यहीकारण हिँड्दा समेत उनलाई सहज देखिदैन थियो । बैकिंग कसूर, जालसाजी र किर्ते लगायत फौजदारी अभियोगमा समेत अनुसन्धानको क्रममा प्रहरी हिरासतमा मंसिर १४ गतेदेखि लगातार...
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.३२ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड सम्पन्न भएको बैंकले जनाएको छ ।नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँड गरेको हो । संस्थागत...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र...
काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली रुपैयाँको तुलनामा डलरको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ ।यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर...
काठमाण्डौ । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी...
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल...
काठमाण्डौ । घटना भएको एक सातापछि ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा उठाउन जाँदा भएको दुव्र्यवहार र आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ । केन्द्रीय बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै ज्योति विकास बैंकको नाम नलिई सप्तरी घटना र सोही प्रकृतिका अन्य घटनाहरुलाई समेत एकसाथ सम्बोधन गरेको हो ।
काठमाण्डौ । ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उमाकान्त चौधरी र सञ्जिव चौधरीलाई पक्राउ गरिएको हो।
काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । नपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ ।यो दर हालसम्मकै उच्च हो ।यस्तै आज एक यूरोको खरिददर १७०.२० रुपैयाँ र बिक्रीदर १७०.९० रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.९५ रुपैयाँ र बिक्रीदर १९४.७५...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २४ गते काठमाण्डौमा अवस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत...
काठमाण्डौ । प्रभु बैंकका कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले सोमबार आदेश दिएको छ । योसँगै उनीहरु अब अझै पाँच दिन हिरासतमै रहनेछन् । मंसिर १४ गते सीआईबीले पक्राउ गरेका उनीहरुलाई पहिलोपटक ५ दिन, त्यसपछि २ दिन, त्यसपछि ३ दिन र ५ दिन म्याद थप गरेर हिरासतमा राखिएको...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठनले ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूमाथि भएको आपराधिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र माइक्रोफाइनान्स कम्पनीका सीईओहरूको संयुक्त संगठनले जारी गरेको विज्ञप्तिमा यस घटनालाई घोर निन्दा गर्दै अपराधीहरूलाई कानुनी दायरामा...
काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८१/८२ अर्थात १९ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंसिर २९ गते सम्पन्न भएको हो ।सभामा सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव पारित भयो । बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीसँग प्रत्येक वर्ष अनिवार्य रूपमा कर चुक्ता प्रमाणपत्र पेश गराउनुपर्ने अभ्यासमा लचक व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह र निरन्तरतासम्बन्धी व्यवस्थामा संशोधन गरेको हो।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरू आधिकारिक कर्तव्यअनुसार कर्जा असुली कार्यमा खटिएको समयमा सार्वजनिक स्थलमै अमानवीय, अपमानजनक र गैरकानुनी व्यवहारको सिकार बनेको घटनाप्रति एनआई सी एशिया बैंक कर्मचारी संघले कडा आपत्ति जनाएको छ। संघले यस घटनालाई कायरतापूर्ण आक्रमणको संज्ञा दिँदै गम्भीर ध्यानाकर्षण गराएको हो।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुप्रति भएको दुर्व्यवहारप्रति घोर भत्र्सना गरेको छ । बैंकबाट प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको...
काठमाण्डौ । बैंक, बीमा, लघुवित्त तथा पूँजी बजारलगायत वित्तीय क्षेत्रका कर्मचारीमाथि पछिल्लो समय भइरहेको अभद्र व्यवहार र भौतिक आक्रमणप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) राष्ट्रिय समितिले गम्भीर आपत्ति जनाएको छ। २१ हजारभन्दा बढी कर्मचारीलाई संगठित गर्दै ५१ वटा वित्तीय संस्थाका प्रतिष्ठानस्तरीय ट्रेड युनियनको नेतृत्व गर्दै आएको संघले यस्तो अराजक गतिविधिले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.