नयाँ बैंकको लाइसेन्स खुलाउन सुधार कार्यदलको सुझाव
काठमाण्डौ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बैंक तथा वित्तीय संस्थाको नयाँ लाइसेन्स खोल्न सकिने सुझाव दिएको छ । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको नेतृत्वमा २०८२ जेठ ३० गते बनेको कार्यदलले आफ्नो प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।

