बैंकका नाममा अड्किएका सम्पत्ति बिक्रीमा सर्वोच्चले दियो सहज मार्ग
काठमाण्डौ । कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाहरूले लिलाम सकार गरी आफ्नै नाममा दर्ता राखिएका गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेचबिखन गर्नुपर्ने कानूनी प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको छ।

