महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने विकास बैंक
काठमाण्डौ । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी...

