यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जुअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जुअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रहेका छन् । यो कार्यदलको...
काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घटेको छ । चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८१ करोडढ २० लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्म वाणिज्य...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई Whirlpool Products र Kitchen Aid Products मा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाण्डौ। ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ शुभारम्भ गरेको छ । काठमाण्डौमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथगर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २९ गते बिहिबारका दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा...
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले वृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथगर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २८ गते बुधबारको दिन लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम थियो ।
काठमाण्डौ । बैंकिङ क्षेत्रको सुधार र भविष्य विकासका लागि नेपाल राष्ट्र बैंकले एक महत्वपूर्ण कदम चालेको छ। इतिहासमै पहिलोपटक राष्ट्र बैंक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरिएको छ, जसले बैंकिङ क्षेत्रको समग्र सुधार र नीतिगत सुझाव तयार गर्नेछ।
काठमाण्डौ । नेपाल एसबिआई बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सञ्चालन अधिकृत विकास आनन्द तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गौंडा शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरुमध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका–५, जोर्ने लम्जुङबाट जेठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौ । चालु आवको दश महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ ।२०८२...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.