राष्ट्र बैंकद्वारा यी दुई मनिचेञ्चरको इजाजतपत्र रद्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाण्डौ मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेञ्ज प्रालि र ठमेलमा रहेको केटीएम ओम मनिचेञ्जर प्रालिको इजाजतपत्र रद्द गरेको हो ।

