बैंकका कर्मचारीले ढुक्कले दशैं मनाउन पाउने, राष्ट्रबैंकले हटाइदियो असोज २५ पछि पनि कार्यालय खोल्नैपर्ने नियम
काठमाण्डौ । दशैंको टिकाको दिन र अघिपछिका अन्य दिन समेत बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना केही शाखाहरुको सेवा सुचारु नै राख्नुपर्ने बाध्यता हटाइएको छ । नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

