कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाण्डौ । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

