गभर्नरलाई घर भाडामा दिन कोही तयार भएनन्, प्रस्ताव पेश गर्ने म्याद थपियो
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर दिन काठमाण्डौबासी तयार नदेखिएका पाइएको छ । राष्ट्रबैंकले खोजेजस्तो घर नपाइएको र घरधनीले पनि कुनै चासो नदिएपछि पुनः सूचना प्रकाशित गरी घर भाडा सम्बन्धी प्रस्ताव पेश गर्ने म्याद थपेको छ । सोमबार प्रकाशित सूचना अनुसार अब इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र घर भाडाका लागि प्रस्ताव पेश गर्न सक्नेछ ।

