सोमबार, फाल्गुन ४,२०८२ 09:55:47
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 09:55:47
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा १ अर्ब बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो । बैंकले गत आवको उक्त अवधिमा भने ८० करोड ७३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस्तै बैंकले २ अर्ब ९४ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड र सञ्चालन मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ४३ करोड ६३ मा सीमित बनेको छ । बैंकको रिजर्भ भने ६ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात ४.५४ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ७.२२ रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १३.३६ रुपैयाँबाट बढेर १६.७३ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६१.६ रुपैयाँ, तरलता अनुपात ३१.८७ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशत रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.