आईतवार, असार १४,२०८३ 03:54:45
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:54:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा

Laxmi Sunrise Bank Limited
बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा

काठमाण्डौ । बैंकर तथा उद्यमी भरतराज ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा संसदीय निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।  

कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर लामो समयदेखि सक्रिय रहँदै आएका ढकालको उम्मेदवारीले स्थानीयस्तरमा चासो बढाएको छ।

New Office
CG Motors
Garima Development Bank

नीति तथा कानून निर्माण तहमा निर्भीक, इमानदार र कर्तव्यनिष्ठ नेतृत्व आवश्यक रहेको भन्दै ढकाललाई यस्ता गुण भएका जुझारु युवाको रूपमा समर्थकहरूले उल्लेख गरेका छन्। 

बैंकिङ क्षेत्रको अनुभव र उद्यमशील सोच बोकेर राजनीतिमा प्रवेश गरेका ढकालले अर्थतन्त्र, विशेषगरी कृषि क्षेत्रको संरचनात्मक सुधारमा योगदान दिने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समर्थकहरूले ढकालको प्रतिनिधित्व सुनिश्चित गर्न मनोनयनको चरणदेखि मतदानसम्म एकजुट भएर लाग्न आह्वान गरेका छन्। साथै, यो सन्देशलाई मतदातामाझ तथा साथीभाइबीच व्यापक रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्याङ्जा–१ मा ढकालको उम्मेदवारीलाई नयाँ पुस्ताको आशा र परिवर्तनको संकेतका रूपमा हेरिन थालेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.