काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.८७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७०.३६ रुपैयाँ र बिक्रीदर १७१.०६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.५६ रुपैयाँ र बिक्रीदर १९६.३६ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९७.७८ रुपैयाँ र बिक्रीदर ९८.१९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५५ रुपैयाँ र बिक्रीदर ३९.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.८७ रुपैयाँ र बिक्रीदर २०.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.८३ रुपैयाँ र बिक्रीदर ३५.९८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.८६ रुपैयाँ र बिक्रीदर ४०.०२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८४ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७५.२० रुपैयाँ र बिक्रीदर ४७७.१७ रुपैयाँ कायम भएको छ ।

