सोमबार, कार्तिक २,२०८३ 02:06:10
  • सोमबार, कार्तिक २,२०८३ 02:06:10
Global IME Bank Limited

२२% ले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता भने घट्यो

Bizshala
२२% ले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता भने घट्यो
New Office

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २२.१९ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने १.२१ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ ।

बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । अघिल्लो आवमा २२ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा १६ करोडमा सीमित बनेको छ । यस्तै लाभांश क्षमता पनि ९.३६ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकको निक्षेप संकलन ७३ अर्ब २१ करोड र कर्जा परिचालन ५९ अर्ब ५३ करोड पुगेको छ ।

बैंकको चुक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ७६.०६ प्रतिशतले घटेर १६ करोड रुपैयाँमा सीमित बनेको छ । रिजर्भ फण्डको आकार १८.५३ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको खराब कर्जा अनुपात ४.४० प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड ५.३७ प्रतिशतबाट घटेर ४.२३ प्रतिशत कायम भएको छ । बैंकको सिडि रेसियो ८४.७७ प्रतिशत, बेस रेट ६.१३ प्रतिशत, स्प्रेड दर ४.१९ प्रतिशत, आरओइ १०.९७ प्रतिशत, आरओए ०.९९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.६०, मूल्य आम्दानी अनुपात २५.०६ गुणा र तरलता अनुपात २५.९३ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.