आईतवार, माघ १८,२०८२ 02:05:26
Bizshala
  • आईतवार, माघ १८,२०८२ 02:05:26
Bizshala
Global IME Bank Limited
Bizshala

प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !

प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !
Shivam Cement

काठमाण्डौ । बैंकिंग कसूरको अभियोगमा पक्राउ पूर्जी जारी भएर पनि प्रहरीलाई चक्मा दिएर भाग्न सफल प्रभू बैंककी प्रमुख विजिनेश अधिकृत(सीबीओ) रश्मी पन्त एञ्जाइटी डिसअर्डर नामको स्वास्थ्य समस्याको शिकार बनेकी खुलेको छ ।  

रश्मी पन्तले फरार भएपछि बैंकमा बुझाएको लामो विदासम्बन्धी निवेदनका साथमा प्रस्तुत गरेकी उनको निजी डकूमेन्ट(चिकित्सकको प्रेसक्रिप्सन)ले उनलाई एञ्जाइटी डिसअर्डरको शिकार बनाएको देखिएको हो । 

Bizshala
Garima Development Bank
New Office

बैंकबाट प्राप्त कागजातअनुसार यही विषयको बाहाना बनाएर रश्मी पन्त लामो समयदेखि फरार छिन् । उनी निकटस्थमध्ये केहीले उनी काठमाण्डौमै लुकीछिपी बसिरहेकी दाबी गरेका छन् भने कतिपयले भारतमा गएर लुकेको सम्मको दाबी गर्न भ्याएका छन् । तर, स्वतन्त्र पुष्टि हुने गरी उनी कहाँ र कस्तो अवस्थामा छिन् भन्ने आधारसहितको प्रष्ट विवरण अझै प्राप्त भएको छैन ।  

लामो समयदेखि विदा लेखेर कार्यालय नआएकी पन्तलाई बैंकले कारबाही समेत गरेको छैन, जसका कारण उनी अझै पनि सीबीओकै पदमा रहेकी समेत खुलेको छ । 

रश्मीले बैंकको एचआरलाई लेखेकी बिरामी विदासम्बन्धी निवेदन । 

उनले बैंकको मानव संसाधन विभागलाई लेखेको पत्रमा सन् २०२५ को डिसेम्बर १७ देखिको बिरामी विदा स्वीकृत गर्न अनुरोध गरिएको छ । उनले आफू मेडिकल्ली फिट भएपछि मात्र कार्यालयमा उपस्थित हुने समेत लेखेकी छिन् । उनले विदाका लागि निवेदन दिएको २० दिनपछि मात्र बैंकले जनवरी ७ मा त्यो आवेदन स्वीकार गरी प्रमाणित गरेको देखिन्छ । उनले दिएको आवेदन र बैंकले गरेको प्रमाणित कपी कतै पनि कति दिनसम्म उनले विदा पाएकी हुन् भन्ने पनि प्रष्ट हुँदैन ।  

पन्तले आवेदनका साथमा नेपाल प्रहरी अस्पताल, काठमाण्डौमा जाँच गराएको डाक्टरको प्रेसक्रिप्सन समेत प्रस्तुत गरेकी छिन् । उनले सो अस्पतालमा मंसिर २६ गते मानसिक स्वास्थ्य सम्बन्धी चिकित्सकसँग कन्सल्ट गरेको डकूमेन्टले देखाउँछ । कुन चिकित्सकलाई उनले देखाएकी हुन् भन्ने चाहिँ डकूमेन्टबाट  खुल्दैन ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

चिकित्सकको रिपोर्ट र प्रेसक्रिप्सनमा के छ ?

डाक्टरको प्रेसक्रिप्सन । 

डाक्टरको चिकित्सकीय परीक्षण तथा रिपोर्टअनुसार सम्बन्धित बिरामी करिब एक वर्षदेखि मानसिक चिन्ता र आतङ्क (Anxiety state) सम्बन्धी समस्याबाट ग्रस्त देखिएका छन्। पछिल्ला केही सातायता समस्या झनै बढ्दै गएको उल्लेख छ। बिरामीमा गहिरो निन्द्रा नलाग्ने, बेला–बेला मुटु ढुकढुकी बढ्ने, डर र बेचैनी महसुस हुने तथा मानसिक तनावका लक्षण देखिएका छन्। मुटुसम्बन्धी शारीरिक समस्या शङ्काका आधारमा यसअघि कार्डियोलोजी परीक्षण गरिए पनि कुनै गम्भीर शारीरिक कारण नदेखिएको डाक्टरको निष्कर्ष छ। बिरामी रक्सी तथा धूम्रपान नगर्ने, शिक्षित र पेशागत रूपमा सक्रिय व्यक्ति भएको उल्लेख गरिएको छ।

उपचारका क्रममा डाक्टरले बिरामीलाई मानसिक चिन्ता र निन्द्रासम्बन्धी समस्या नियन्त्रणका लागि औषधि तथा जीवनशैली सुधारको सिफारिस गरेका छन्। रिपोर्टअनुसार ‘मिनिल’ १० मिलिग्राम नियमित रूपमा र ‘लोर्स (Lorazepam)’ अल्पकालीन रूपमा सेवन गर्न भनिएको छ। साथै जीवनशैली नियमित बनाउने, निन्द्रासम्बन्धी अनुशासन (sleep hygiene) अपनाउने, रिल्याक्सेसन अभ्यास गर्ने र केही दिन पर्याप्त आराम गर्न सुझाव दिइएको छ। हालको उपचारबाट सुधार नआएमा दीर्घकालीन उपचारका लागि SSRI वर्गका औषधि सुरु गर्ने योजना रहेको डाक्टरको रिपोर्टमा उल्लेख छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.