५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.२२ अंकले घटेर २६०० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०४ प्रतिशत र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ...

