नेप्सेको चार्टमा बियरिस क्याण्डल, तल्लो ब्याण्डसँगै हिड्न थाल्यो नेप्से
काठमाण्डौ । साताको पहिलो कारोबारमा नेप्से परिसूचक करिब ३३ अंकले घट्यो । यो सँगै नेप्सेमा आज बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार तल्लो ब्याण्ड संगै हिड्न थालेको छ ।

