लगानीकर्तामाझ जलविद्युत कम्पनीको चर्चा, भन्छन् ‘अब मिड र हाई क्याप पनि चल्छन्’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित ‘स्तम्भ ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । आज राजधानीमा मौसम बदली भएको थियो । यहि कारण हुन सक्छ ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति सामान्य नै देखिन्थ्यो । बिहानको ११ बज्दै थियो । आजको पहिलो प्रहरमा बजार बढेर...

